images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्ड नेतृत्वबिहीन हुँदा २७ अर्बको...

धितोपत्र बोर्ड नेतृत्वबिहीन हुँदा २७ अर्बको आईपीओ निष्काशन अलपत्र

धितोपत्र बोर्ड नेतृत्वबिहीन हुँदा २७ अर्बको आईपीओ निष्काशन अलपत्र

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) लामो समयदेखि नेतृत्वबिहीन हुँदा झण्डै २७ अर्ब रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन अलपत्र परेको छ । 

    images
    images

    आईपीओ निष्काशनका लागि निवेदन दिएका उनीहरुले बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अनुमति पाउन नसकेका हुन् । बोर्डको पछिल्लो तथ्यांकअनुसार ३४ कम्पनीका १६ करोड ९१ लाख ७८ हजार ८७ कित्ता आईपीओ स्वीकृतीको पखाईमा छन् । त्यसको कुल मूल्य भने २६ अर्ब ९८ करोड ५६ लाख २५ हजार रुपियाँ रहेको छ । अनुमति पाइसकेको रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्काशन बोर्ड नेतृत्वविहीन हुँदा अघि बढ्न सकेको छैन् ।

    यसअघिका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि २०८० पुस २० गतेदेखि अध्यक्ष पद रिक्त छ । दश महिनादेखि बोर्डको अध्यक्ष पद रिक्त रहे पनि राजनीतिक खिचातानी र स्वार्थका कारण अध्यक्ष छनोट प्रक्रियाले पूर्णता पाउन सकेको छैन् । हमालको कार्यकाल सकिए लगत्तै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । तर त्यसलाई विवादमा पार्ने, मुद्दामामिला गर्ने, विथोल्न प्रयास गर्ने काम हुँदै आएको छ । त्यो विवाद समाधान गरेर सरकारले बोर्डलाई नयाँ नेतृत्व दिन सकेको छैन । अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कामचलाउ अध्यक्षको जिम्मेवारी दिइएको छ । उनी पूर्णक्षमतामा निर्णय गर्नसक्ने हैसियतमा छैनन् । 

    images
    images

    अहिले करिब २७ अर्ब रुपियाँ बराबरको आईपीओ बोर्डमा स्वीकृतिको पखाईमा छ भने शेयर निष्काशन गर्न खोज्ने धेरै कम्पनीले समेत अध्यक्ष नहुँदा निवेदन दिन सकेका छैनन् । स्वीकृतिको पर्खाइमा रहेका फाइलहरुमा अधिकांश जलविद्युत् कम्पनीहरुको आईपीओको रहेको छ । 

    आईपीओ निष्काशनका लागि अनुमति नपाउँदा जलविद्युत् आयोजनाहरुले निर्माणको समयमा लगानी परिचालन गर्न नपाई समस्यामा परेको ऊर्जा व्यवसायीहरुको गुनासो छ । पाइपलाइनमा रहेकामध्ये चार वटा कम्पनीले प्रिमियम मूल्यमै आईपीओ निष्काशन गर्दै छन् । त्यसमा मारुती सिमेन्टले प्रतिकित्ता ३७७ मा एक करोड १६ लाख कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य चार अर्ब ३७ करोड ३२ लाख रुपियाँ छ । 

    यस्तै, जगदम्बा स्टिलले प्रतिकित्ता तीन सय रुपियाँमा दुई करोड ७० हजार कित्ता आईपीओ बिक्री गर्दैछ । त्यसको कुल मूल्य छ अर्ब दुई करोड १० हजार रुपियाँ रहेको छ । यसैगरि, ह्याम्स हस्पिटलले प्रतिकित्ता २८८ रुपियाँमा ११ लाख २५ हजार कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य ३२ करोड ४० लाख रुपियाँ रहेको छ । सौर्य सिमेन्टले प्रतिकित्ता २६४.५१ रुपियाँमा एक करोड ५९ लाख ८१ हजार पाँच सय कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य चार अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपियाँ रहेको छ । 

    यी बाहेक अन्य ३० कम्पनीले किताबी मूल्य अर्थात् प्रतिकिक्ता १०० रुपियाँमै शेयर बिक्री गर्ने गरि आवेदन दिएका छन् । रिलायन्सले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ मूल्यमा आईपीओ निष्काशन अघि बढाएको छ । सो निष्काशनविरुद्ध परेका सबै उजुरीहरुबाट रिलायन्सले ‘क्लिन चिट’ पाए पनि बोर्डको प्रक्रिया अघि बढाउन निर्णय गर्न सकेको छैन् । 

    आईपीओ निष्काशनको पखाईमा बसेका कम्पनीहरु

    Name of Company No. of share Amount of Issue per shar price
    Maruti Cements Ltd.  11,600,000 4,373,200,000 377
    Jagdamba Steels Limited  20,070,000 6,021,000,000 300
    HAMS Hospital 1,125,000 324,000,000 288
    Shaurya Cement Industries Ltd. 15,981,500 4,227,266,565 264.51
    Dish Media Network Ltd.  13,584,955 1,358,495,500 100
    Yambaling Hydropower Limited  2,800,000 280,000,000 100
    Apex Hospitality Limited  2,400,000 240,000,000 100
    SY Panel Nepal Limited 5,232,548 523,254,800 100
    Orchid Holdings Ltd. 11,500,000 1,150,000,000 100
    Bikash Hydropower Company Ltd.  4,454,596 445,459,600 100
    Ridge Line Energy Ltd. 5,804,201 580,420,100 100
    Laughing Buddha Power Nepal Ltd.  6,577,000 657,700,000 100
    Annapurna Cable Car 3,100,000 310,000,000 100
    Barun Investment Ltd.  2,475,000 247,500,000 100
    Kalinchowk Hydropower Ltd. 750,000 75,000,000 100
    Swastik Laghubitta Bittiya Sanstha Limited 80,000 8,000,000 100
    Him River Power Ltd. 2,660,000 266,000,000 100
    Pure Energy Ltd. 1,600,000 160,000,000 100
    Lower Erkhuwa Hydropower Company Ltd. 2,805,750 280,575,000 100
    Accord Pharmaceuticals limited 706,909 70,690,900 100
    Trade Tower Ltd.  1,158,980 115,898,000 100
    Sanima Hydropower Ltd. 1,470,000 147,000,000 100
    Kantipur Television Network Ltd. 750,000 75,000,000 100
    IME Limited 1,000,000 100,000,000 100
    Bhujung Hydropower Limited  1,455,000 145,500,000 100
    Solu Hydropower Limited  20,000,000 2,000,000,000 100
    Sanvi Energy Limited  3,790,000 379,000,000 100
    Him Star Urja Company Ltd. 1,119,000 111,900,000 100
    Richet Jalbidhyut Company Limited  1,176,450 117,645,000 100
    Hotel Forest Inn Ltd. 9,800,000 980,000,000 100
    Mabilung Energy Limited  1,890,530 189,053,000 100
    Taksar Pikhuwa Khola Hydropower Limited  4,230,668 423,066,800 100
    Daramkhola Hydro Energy Ltd.  3,950,000 395,000,000 100
    Beni Hydropower Project Ltd. 2,080,000 208,000,000 100

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend