images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा बढेर ८.६६ प्रतिशत

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा बढेर ८.६६ प्रतिशत

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा उच्च गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा उच्च गिरावट देखिएको हो । गत आवमा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.५९ प्रतिशतले कम हो । बैंकले अघिल्लो आवमा ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । कर्जा नोक्सानी व्यवस्था (इम्पेयरिमेन्ट चार्ज) मा भएको उल्लेख्य बढोत्तरीका कारण बैंकको नाफा घटेको हो । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार निष्क्रिय कर्जाको जोखिम न्यूनीकरण वापत बैंकले यस्तो रकम छुट्याउनु पर्छ । गत आवमा बैंकको कर्जा लगानी पनि घटेको छ । गत आवमा बैंकले ६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ तुलनामा ४१.५५ प्रतिशतले बढी हो ।

    images
    images

    असार २०८३ सम्म बैंकको कुल निष्क्रिय कर्जा अनुपात ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । प्रोभिजनिङ कारण खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको १२.६९ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा झरेको छ ।  बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक (नोक्सानी) रहेको छ । यस अनुसार आर्थिक वर्ष २०८२/८३ को नतिजाबाट बैंकका सेयरधनीहरूले कुनै पनि लाभांश पाउने क्षमता देखिँदैन । बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख मा स्थिर छ । जगेडा तथा अन्य कोष भने १५.३८ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड ३४ लाख पुगेको छ ।
    नाफा घटे पनि जगेडा कोष बढेकाले प्रतिसेयर नेटवर्थ १९०.४० रुपैयाँबाट बढेर १९७.७१ रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend