images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • कोशी प्रदेश लोक सेवा आयोगद्वारा वार्षिक...

कोशी प्रदेश लोक सेवा आयोगद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेश लोक सेवा आयोगद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।प्रदेश प्रमुख खापुङले वार्षिक प्रतिवेदन ग्रहण गर्दै संविधान र प्रचलित कानुन बमोजिम आयोगले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको बताए। उनले आयोगप्रति आम नागरिकको रहिआएको भरोसा, विश्वास र आस्थालाई कायम राख्न जिम्मेवारीपूर्वक दायित्व र कर्तव्य पूरा गर्न सुझाव दिए।

    images
    images

    सार्वजनिक प्रशासन एवं सुशासनका निम्ति आयोगले खेलेको भूमिकामा नै नागरिकको हित र अधिकार स्थापित हुने भएकाले जनताको विश्वास टुट्न नदिन संविधान, ऐन र कानुन अनुसार काम गर्न प्रदेश प्रमुख खापुङले आग्रह गरे।आयोगका अध्यक्ष गुरागाईँले सार्वजनिक प्रशासनका माध्यमबाट आम नागरिकलाई सुशासन प्रदान गर्न योग्य राष्ट्रसेवक कर्मचारी छनोटमा विशेष ध्यान पुर्‍याइएको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend