images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ‘ग्रेटनेस बिगिन्स हेयर’ नारासहित टेडएक्स प्रिमियर...

‘ग्रेटनेस बिगिन्स हेयर’ नारासहित टेडएक्स प्रिमियर इन्टरनेसनल स्कूल सिजन २ सम्पन्न

‘ग्रेटनेस बिगिन्स हेयर’ नारासहित टेडएक्स प्रिमियर इन्टरनेसनल स्कूल सिजन २ सम्पन्न

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ। प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘ग्रेटनेस बिगिन्स हेयर’ भन्ने मूल नाराका साथ टेडएक्स प्रिमियर इन्टरनेसनल स्कूल सिजन २ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा प्रविधि, कला, खेलकुद, व्यवसाय र शिक्षासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्यार्थी वक्ताहरूको सहभागिता रहेको थियो।नेपालमै पहिलो पटक टेडएक्स कार्यक्रम आयोजना गर्ने विद्यालयका रूपमा परिचित प्रिमियरले यसपटक पनि युवा पुस्तालाई आफ्ना विचार, अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने मञ्च प्रदान गरेको हो।

    images
    images

    कार्यक्रममा चार जना विद्यार्थी वक्ताहरूले सहानुभूति, सिकाइ, विश्वव्यापी अवसर, एक्लोपन र मानवीय सम्बन्धजस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरे। कक्षा ५ का अनुज केई घिमिरेले सहानुभूति र अरूलाई बुझ्ने क्षमताबारे बोले भने कक्षा ७ का सुवान वीर श्रेष्ठले डिस्लेक्सियासँगको आफ्नो अनुभव र फरक तरिकाले सिकाइबारे अनुभव साझा गरे। कक्षा १० की ओजस्वी श्रेष्ठले व्यक्तिगत भिसा अस्वीकृतिको अनुभव सुनाउँदै जन्मसिद्ध पासपोर्टले अवसरमा पार्ने प्रभावबारे प्रश्न उठाइन्। त्यस्तै आईबीडीपी २ की प्रशिद्धि कार्कीले एक्लो सन्तानका रूपमा हुर्किँदाको अनुभव, कोभिड–१९ महामारीका बेला महसुस भएको एक्लोपन र जीवनमा अनपेक्षित रूपमा बन्ने अर्थपूर्ण सम्बन्धबारे चर्चा गरिन्।टेडएक्स मञ्चमा आमन्त्रित वक्ताहरूले पनि आ-आफ्ना क्षेत्रका अनुभव र विचार प्रस्तुत गरे। सृजनालयकी संस्थापक तथा निर्देशक शरारेह बज्राचार्यले शिक्षामा सिर्जनशीलता र कलाको भूमिकाबारे बोल्दै आफ्ना धारणा राखिन्।

    ईसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालाले प्रविधि, नवप्रवर्तन र मानवीय उद्देश्यबारे विचार राखे। नेपाल इक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रवि राजकर्णिकारले ओलम्पिक मूल्यहरू– उत्कृष्टता, मित्रता र सम्मानलाई व्यक्तिगत विकास र खेलकुदसँग जोडेर प्रस्तुत गरे। मिस नेपाल २००३ तथा जेम्स इन्टरनेसनलकी प्रबन्ध निर्देशक प्रीति सिटौलाले युवाहरूलाई उद्देश्य र दृढतासहित आफ्नो यात्रा अघि बढाउन प्रेरित गरिन्।कार्यक्रमले प्रिमियरको त्यो विश्वासलाई झल्काएको छ, अर्थपूर्ण सिकाइ प्रश्न, अनुभव वा विचारबाट सुरु हुन सक्छ। टेडएक्स मञ्चसम्मको यात्राले विद्यार्थीहरूलाई आत्मचिन्तन, स्पष्ट अभिव्यक्ति र आफ्ना विचारप्रति आत्मविश्वासका साथ उभिन सिकाएको विद्यालयले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend