images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले...

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • कास्की, २९ साउन । जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो ।

    images
    images

    प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । प्रतियोगितामा नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले बलियो चुनौती पेस गर्दैछन् ।

    ‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका दुवै खेलाडी एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण गरिरहेको छ । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरले खेलाडीलाई अभ्यास गराइरहेको छ । 

    images
    images

    विजयले लामो समयदेखि तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा काम गरे । तमोर नदीको तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने क्रममा हासिल गरेको अनुभवले उहाँलाई अहिले एसियाली खेलकुदसम्म डोहोर्याएको छ । 

    गाइडका रूपमा सिकेको अनुभव र सीपलाई खेलकुदमा रूपान्तरण गर्दै विजय अहिले नेपालको प्रतिनिधित्व गर्दै छन् । “तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट म अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु । ¥याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ”, विजयले भने ।

    विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाएको छ । दुवै खेलाडीले कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक मगरले बताए । उनका अनुसार प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको छ । फेवाताल तथा आसपासका क्षेत्रमा नियमित प्रशिक्षणसँगै खेलाडीलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाको वातावरणअनुसार तयार पार्ने काम भइरहेको मगरले बताए । 

    उनले भने, “एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ । सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ ।” 

    फेवातालमा हुने नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको मगरले बताए। नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षणमात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थल बन्न सक्ने प्रशिक्षक मगरले बताए । एसियन गेम्समा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend