images

२०८३ आश्विन २४ गते

images
images
images

कोशी प्रदेशसभाको बैठक आह्वान

कोशी प्रदेशसभाको बैठक आह्वान

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • विराटनगर, २८ साउन । कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेका सूचना अनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

    images
    images

    आगामी बैठक कोशी प्रदेशसभा कटहरीमा बस्ने सूचनामा जनाइएको छ । सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि सूचना प्रकाशित भएको सचिव खड्काले जानकारी दिए ।

    नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भएको थियो । गत भदौमा भएको जेनजी आन्दोलनअघि बैठक जिल्ला समन्वय समितिको परिसरभित्र निर्मित भवनबाट सञ्चालन भइरहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend