images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • देउवा आज स्वदेश फर्किँदै,स्वागतका लागि कांग्रेस...

देउवा आज स्वदेश फर्किँदै,स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थलमा

देउवा आज स्वदेश फर्किँदै,स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थलमा

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किँदै छन्। देउवालाई स्वागत गर्न कांग्रेसका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन्।

    images
    images

    कांग्रेस संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुगेर देउवालाई स्वागत गर्ने कार्यक्रम रहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

    विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनको स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ।

    images
    images

    देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। उपचारका क्रममा उनी केही समय थाइल्याण्डमा समेत रहेका थिए। स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधिमा उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

    इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक संगठन, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। देउवाको स्वदेश फिर्तीपछि पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा थप छलफल हुने नेताहरूले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend