images

२०८३ आश्विन १६ गते

images
images
images

दैनिक एक गिलास फलफूलको जुसले घटाउन सक्छ डिप्रेसनको स्तरः अध्ययन

दैनिक एक गिलास फलफूलको जुसले घटाउन सक्छ डिप्रेसनको स्तरः अध्ययन

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । पछिल्लो समय विश्वभर डिप्रेसन पीडितको संख्या बढिरहेको छ । तर दैनिक एक गिलास १०० प्रतिशत फलफूलको जुस वा स्मुदी सेवन गरेर फलफूल तथा तरकारीको मात्रा बढाउँदा डिप्रेसनको स्तर घट्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।‘ब्रिटिस जर्नल अफ न्युट्रिसन’मा प्रकाशित बेलायतको न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको यस अध्ययनमा सामान्यतया कम फलफूल तथा तरकारी खाने ४२ जना वयस्कलाई सहभागी गराइएको थियो । उनीहरूलाई दैनिक खाने आहारमा २० प्रतिशत फलफूल तथा तरकारी समावेश गर्न लगाइएको थियो । सहभागीमध्ये केहीलाई दैनिक एक गिलास फलफूलको जुस वा स्मुदी सेवन गर्न भनिएको थियो ।

    images
    images

    चार हप्तासम्म दुवै समूहले फलफूल तथा तरकारीको सेवन बढाए । तर, जुस वा स्मुदी सेवन गर्ने समूहमा डिप्रेसनको स्कोर तुलनात्मक रूपमा कम देखियो । उक्त समूहको डिप्रेसन स्कोर नियन्त्रण समूहको तुलनामा २७ अंकको मापन स्केलमा २.५२ अंक कम थियो । यो अन्तर सामान्य भए पनि तथ्यांकका आधारमा उल्लेखनीय रहेको अनुसन्धानकर्ताको भनाइ छ ।वैज्ञानिकहरूका अनुसार फलफूलको जुस र स्मुदीमा पाइने भिटामिन सी, फ्लाभोनोइड र पोलिफेनोलजस्ता तत्वले मस्तिष्कको स्वास्थ्यमा भूमिका खेल्न सक्छन् । यस्ता तत्वले शरीरमा इन्फ्लामेशन (सुन्निने) तथा अक्सिडेटिभ स्ट्रेसलाई प्रभावित पार्नुका साथै मस्तिष्कमा रक्तसञ्चारमा पनि प्रभाव पार्न सक्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।फलफूल र स्मुदीमा पाइने फाइबर तथा अन्य पोषक तत्वले आन्द्रा र मस्तिष्कबीचको सम्बन्धमार्फत मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्ने सम्भावनातर्फ विशेषज्ञहरूले पनि औंल्याएका छन् । यद्यपि, अध्ययनले यसको प्रत्यक्ष कारण भने प्रमाणित गरेको छैन ।र हप्ताको अध्ययन अवधिमा जुस वा स्मुदी सेवन गर्ने सहभागीहरूमा मेटाबोलिक स्वास्थ्यसँग सम्बन्धित कुनै प्रतिकूल प्रभाव देखिएन । अनुसन्धानमा सहभागीको संख्या कम भएकाले र अध्ययन छोटो अवधिको भएकाले जुस सेवनलाई डिप्रेसनको उपचारका रूपमा प्रयोग गर्नुअघि थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend