images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • प्रहरी पोसाक खरिद अनियमिततामा तत्काल छानबिन...

प्रहरी पोसाक खरिद अनियमिततामा तत्काल छानबिन समिति गठन गर्न सांसद सुनारको माग

प्रहरी पोसाक खरिद अनियमिततामा तत्काल छानबिन समिति गठन गर्न सांसद सुनारको माग

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । सत्तारूढ पार्टीका सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद गरेको जुत्ता, मोजा, कपडालगायतमा अनियमितता भएको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग राखेका छन् । बुधबार बसेको लेखा समिति बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) माथि प्रश्न उठिसकेको भन्दै सांसद सुनारले पदमै राखेर छानबिन नहुने पनि बताए । ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ’, सुनारको भनाइ छ । 

    images
    images

    प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गरिब तथा निम्न वर्गबाट भर्ती भएका प्रहरी र म्यादी प्रहरीमाथि पर्ने बताए । सांसद सुनारले तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट अलग गर्नुपर्ने धारणा समेत राखेका छन् । 

    ‘आरोप लागेका व्यक्ति पदमै बसेर आफू विरुद्धको छानबिनमा प्रभाव पार्न सक्छ । बर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन । सम्बन्धित ठेकेदार र प्रहरी अधिकारीबिचको सम्भावित सम्पर्क तथा आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ’, सुनारको भनाइ छ । बैठकमा आईजीपी  कार्की, गृह सचिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । गत  फागुन २१ को निर्वाचनमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend