images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य...

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो।उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ। खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार साताँै वार्षिकोत्सव मनाउँदै छ ।

    images
    images

    सिंहदरबारभित्र सञ्चालनमा आउने बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका सम्पूर्ण उत्पादन सर्वसुलभ दरमा पाउन सक्ने सूचना अधिकारी माधव मिश्रले जानकारी दिए। कम्पनीले चामल, दाल, तेल, चिनी र नुनसहित स्थानीय बाली चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्री गर्दै आएको छ।

    बिहीबारदेखि देशभर सुपथ मूल्य पसल

    images
    images

    यसैबिच, कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिए। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा रु पाँच छुट पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend