images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा...

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा सरकारी साक्षी बुझाउने आदेश

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा सरकारी साक्षी बुझाउने आदेश

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेसी तोकिएको थियो । उक्त मुद्दामा सुनुवाइपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितानले जानकारी दिईन् ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वामा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend