काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), सिंहदरबार प्लाजा काठमाडौँको कर्मचारी प्रशासन महाशाखाले नियुक्ति पत्र बुझ्न र तोकिएको कार्यालयमा हाजिर हुन बाँकी रहेका कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्क गर्न ताकेता गरेको छ। परिषदले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि सूचना दिँदा पनि नियुक्ति नलिने र हाजिर नहुनेहरूका लागि यो अन्तिम अवसर भएको स्पष्ट पारेको हो।
यसअघि परिषदले गत असार १७ गते र असार ३० गते आफ्नो वेबसाइटमार्फत नियुक्ति पत्र बुझ्न आउने सम्बन्धी सूचना प्रकाशित गरेको थियो। उक्त सूचना बमोजिम हालसम्म पनि केही कर्मचारीहरू नियुक्ति पत्र बुझ्न नआएको र कतिपयले नियुक्ति पत्र बुझेर पनि पदस्थापित कार्यालयमा हाजिर नभएको महाशाखाले जनाएको छ।नार्कले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नियुक्ति पत्र बुझ्न बाँकी रहेकाहरूलाई पत्र बुझिलिन आग्रह गरेको छ। यसैगरी नियुक्ति पत्र बुझिसकेर पनि तोकिएको कार्यालयमा हाजिर नभएका कर्मचारीहरूलाई परिषद्को कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम २७ बमोजिम पदस्थापित कार्यालयमा नियमानुसार हाजिर हुन जान निर्देशन दिइएको छ।तोकिएको अवधिभित्र हाजिर हुन नआएमा नियमानुसार थप प्रक्रिया अगाडि बढाइनेछ।




.gif)



