काठमाडौँ । लोकदोहोरी कार्यक्रम `लोक दोहोरी च्याम्पियन’ असोज ३ गतेदेखि दर्शकमाझ आउने भएको छ । निर्माण संस्था रगोन स्टुडियो प्रा.लिले सोमबार राजधानीमा प्रेस मिट गर्दै कार्यक्रमको विभिन्न पक्ष जानकारी गराएको हो ।कार्यक्रममा निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरियाे । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए।
कार्यक्रमको निर्देशन माधव राज खरेलले गर्नेछन् भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रिता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गर्नेछन्।कार्यक्रम व्यवस्थापन रामप्रसाद अवस्थाले सम्हाल्नेछन् भने , प्रतियोगी संयोजकमा दीपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर/ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन्। उक्त लोक दोहोरी च्याम्पियन छायाङ्कन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन् भने ब्रान्ड एम्बेस्डरमा शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रूपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ।‘लोक दोहोरी च्याम्पियन’को टेलिभिजन पार्टनर इमेज टेलिभिजन, डिजिटल पार्टनर म्युजिक नेपाल रहेको छ।रगोन स्टुडियोको ब्यानरमा निर्माण कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।




.gif)



