images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • हाई भोल्टेजका कारण अवरुद्ध भक्तपुर क्यान्सर...

हाई भोल्टेजका कारण अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालन

हाई भोल्टेजका कारण अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालन

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा विद्युत् प्रणालीको उच्च भोल्टेज (हाई भोल्टेज) का कारण बिग्रिएर केही दिनदेखि अवरुद्ध बनेको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा रहेका दुई वटा रेडियोथेरापी मेसिनमध्ये लीनियर एक्सिलेरेटर (लिन्याक) मेसिनमा प्राविधिक क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। प्राविधिक मर्मत पश्चात् सेवा पुनः सञ्चालनमा आएसँगै रोकिएका बिरामीहरूको उपचारलाई पहिलो प्राथमिकता दिएर सेवा दिन थालिएको छ।

    images
    images

     सुचारु भएको पहिलो दिनमै १५ जना बिरामीको रेडियोथेरापी उपचार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालीसेले जानकारी दिए ।अस्पतालका अनुसार लिन्याक मेसिन सुरु भए पनि सोही प्रणालीसँग सम्बन्धित पोर्टल इमेजर र सीटी सिमुलेटरमा समेत क्षति पुगेकाले ती उपकरणहरूको मर्मत कार्य जारी रहेको छ । ती पार्ट्सको  पूर्ण मर्मतपछि मात्र नयाँ बिरामीहरूलाई भर्ना गरी उपचार प्रक्रिया सुरु गर्न सकिने छ । हाल अस्पतालमा रहेको अर्को भावाट्रोन मेसिनमार्फत दैनिक ६५ जना बिरामीहरूले नियमित रूपमा रेडियोथेरापी सेवा लिइरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend