images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई...

राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकताका सम्बन्धमा विगत दुई वर्षदेखि छलफल गरी समितिले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति सरकारले जारी गरेकोमा धन्यवाद दिएको हो। साथै समितिले यसको पूर्ण कार्यान्वयनका लागि सरकारलाई ताकेता गरेको छ।

    images
    images

    सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि तत्काल ’सदाचार ऐन’ को विधेयक यही अधिवेशनमा ल्याउन सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्ण प्रसाद पौडेलले बताए। उनका अनुसार सबै निकायमा तत्काल ’फोकल पोइन्ट’ तोक्न, आचारसंहिता निर्माण गरी लागू गर्न र गराउन निर्देशन दिइएको छ। त्यसैगरी विद्यालय पाठ्यक्रममा ’सदाचार शिक्षा’ समावेश गर्नसमेत सरकारलाई भनिएको उनले जानकारी दिए।सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै सभापति पौडेलले भने, ‘सुशासन र सदाचारको नारा दिएर दुई–तिहाइ बहुमत प्राप्त गरेको सरकारले संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र विधिलाई कमजोर बनाउने काम गरेको छ।’सुसंस्कृत र सभ्य समाज निर्माणका लागि नेतृत्व तहको बोलीचाली र व्यवहार सच्याउनुपर्ने उनको भनाइ छ। यसका साथै नागरिकलाई कानुनी राज्यको अनुभूति गराउनुपर्नेमा उनले जोड दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend