images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन...

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । 

    images
    images

    नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तिकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।उनले मुस्लिम समुदायका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यले संविधानप्रदत्त समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

    ‘आयोगले मुस्लिम समुदायको सशक्तिकरण र सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्‍याएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘सामाजिक न्याय र संविधानले ग्यारेन्टी गरेका हकको सफल कार्यान्वयनका लागि यस्ता अध्ययन र प्रतिवेदनहरू महत्वपूर्ण हुन्छन् ।सो अवसरमा आयोगका पदाधिकारीहरू तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend