images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • ७ करोड नोक्सानीमा रहेको पञ्चकन्या माई...

७ करोड नोक्सानीमा रहेको पञ्चकन्या माई हाइड्रोपावर नाफामा फर्कियो

७ करोड नोक्सानीमा रहेको पञ्चकन्या माई हाइड्रोपावर नाफामा फर्कियो

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको नाफामा युर्टन देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा करिब ७ करोड रुपैयाँले नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने सोही बराबरको नाफा कमाएको हो ।कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ६७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनी ६ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

    images
    images

    कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा भएको बढोत्तरीले यसको नाफा बढाउन भूमिका खेलेको देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट कुल ३४ करोड ७१ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको २९ करोड ३१ लाख २८ हजार रुपैयाँको तुलनामा करिब १८.४३ प्रतिशतको वृद्धि हो ।१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ८३.३९ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष अझै पनि १८ करोड २६ लाख ८२ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend