images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अप्पर सोलु हाइड्रोको नाफामा उछाल, जगेडा...

अप्पर सोलु हाइड्रोको नाफामा उछाल, जगेडा कोष २५.६७ करोड पुग्यो

अप्पर सोलु हाइड्रोको नाफामा उछाल, जगेडा कोष २५.६७ करोड पुग्यो

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा झण्डै शतप्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ । कम्पनीले गत असार मसान्तसम्ममा २० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ११ करोड ३२ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरी र वित्तीय खर्चमा गरिएको प्रभावकारी व्यवस्थापनले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको थियो ।अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रुपैयाँ मात्र रहेको कम्पनीको जगेडा कोष यो वर्ष ह्वात्तै बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी १५.४६ पैसा कायम भएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि सुधारिएर ११९.०२ रुपैयाँ पुगेको छ ।

    कम्पनीले आफ्नो ऋण भार घटाउन पनि उल्लेखनीय सफलता प्राप्त गरेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर यस वर्ष २ अर्ब ९४ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend