images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • छोरीको नाममा रहेको लगानीबाट भरणपोषण खर्च...

छोरीको नाममा रहेको लगानीबाट भरणपोषण खर्च गर्न नमिल्ने दिल्ली उच्च अदालतको फैसला

छोरीको नाममा रहेको लगानीबाट भरणपोषण खर्च गर्न नमिल्ने दिल्ली उच्च अदालतको फैसला

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • नयाँदिल्ली  । दिल्ली उच्च अदालतले छोरीको शिक्षाका लागि लगानी गरिएको रकमलाई बुबाले श्रीमती र छोरीलाई दिनुपर्ने भरणपोषण पूरा गर्न प्रयोग गर्न नमिल्ने ठहर गरेको छ ।‘सुधीर क्वात्रा विरुद्ध शाम्ली क्वात्रा’को मुद्दामा फैसला सुनाउँदै न्यायाधीश नीना बन्सल कृष्णको इजलासले छोरी आफ्नो नाममा भएको लगानी प्राप्त गर्न पूर्ण रूपमा हकदार भएको फैसलामा उल्लेख छ । ‘बुबाले छोरीको नाममा खोलेको लगानी खातामा केवल एक संरक्षकका रूपमा मात्र अधिकार राख्न सक्छन्, मालिकको रूपमा होइन,’ फैसलामा भनिएको छ ।

    images
    images

    'छोरीको नाममा गरिएको लगानीमा उनकै अधिकार हुन्छ । बुबाले संरक्षकको हैसियतमा सो रकम निकालेको हुन सक्छ, तर त्यसलाई आफ्नो भरणपोषणको जिम्मेवारीबाट पन्छिन वा सो रकमसँग मिलान गर्न प्रयोग गर्न पाइँदैन,' फैसलामा उल्लेख छ ।सुधीर क्वात्राले सन् १९९९ मा आफ्नी छोरी शाम्ली क्वात्राको नाममा पीपीएफ खाता खोलेका थिए । सन् २०१७ मा खाता परिपक्व भएपछि शाम्लीले बैंकमा बुझ्दा उनका बुबाले सन् २०१६ मै ८ लाख रुपैयाँभन्दा बढीको सम्पूर्ण मौज्दात निकालेर खाता बन्द गरिसकेको थाहा पाइन् ।उनका आमा-बुबा छुट्टिएर बसेका छन् र उनी आमासँगै बस्दै आएकी छिन् । आमा र छोरीको भरणपोषण बाबुको दायित्वमा पर्ने भए पनि बाबुले छोरीको खाता प्रयोग गरेर ८ लाख रुपैयाँ निकालेर प्रयोग गरेको भेटिएपछि शाम्लीले पारिवारिक अदालतमा मुद्दा दिएकी थिइन् ।

    बैंकलाई दिएको प्रतिबद्धतामा बुबाले सो रकम छोरीको शिक्षा र कल्याणका लागि निकालेको उल्लेख गरेका थिए । तर, छोरी शाम्लीले सो रकम आफ्नो शिक्षामा खर्च नभएको र कलेजको शुल्क तिर्नसमेत आर्थिक कठिनाइ भइरहेको भन्दै रकम असुलीका लागि मुद्दा दायर गरिन् ।उनले पारिवारिक अदालतको आदेशअनुसार छोरीलाई दिनुपर्ने भरणपोषणबापतको करिब ६ लाख रुपैयाँ सोही पीपीएफ कोषबाट खर्च गरेका थिए । साथै, उत्तराखण्ड उच्च अदालतको आदेशअनुसार श्रीमतीलाई दिइँदै आएको अतिरिक्त रकम पनि छोरीकै लागि प्रयोग भइरहेको उनको तर्क थियो ।तर, उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै भन्यो, 'सन्तानको भरणपोषण गर्नु बुबाको स्वतन्त्र कानुनी कर्तव्य हो ।'अदालतले फैसलामा भनेको छ, 'अभिभावकले छोरीको बाल्यकालमा भविष्यका लागि बचत वा लगानी गरिदिन सक्छन्, तर ‘भरणपोषण’ भनेको सन्तानको दैनिक हुर्काइ र खर्चका लागि गरिने बुबाको छुट्टै कानुनी जिम्मेवारी हो । वैवाहिक कलहको बहानामा छोरीकै पैसाले बुबाको दायित्व पूरा गर्नु न्यायोचित हुँदैन ।'अदालतले छोरी बालिग भइसकेकाले सो रकममा उनकै अधिकार हुने ठहर गरेको छ । 'बुबाले सो रकम आफ्नो खातामा सार्न मिल्दैनथ्यो, उनले त्यो पैसा छोरीलाई नै फिर्ता गर्नुपर्छ,' फैसलामा भनिएको छ ।अदालतले बुबा सुधीर क्वात्रालाई पीपीएफको सम्पूर्ण ८ लाख रुपैयाँ र त्यसमा ८ प्रतिशत ब्याज थपेर छोरीलाई बुझाउन आदेश दिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend