images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • पिएसजीसँग १–१ को बराबरी खेल्दै अपराजित...

पिएसजीसँग १–१ को बराबरी खेल्दै अपराजित रह्यो म्यानचेस्टर युनाइटेड

पिएसजीसँग १–१ को बराबरी खेल्दै अपराजित रह्यो म्यानचेस्टर युनाइटेड

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ ।  म्यानचेस्टर युनाइटेडले प्रि सिजनमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग १-१ गोलको बराबरी खेलेको छ। गोथेनबर्गमा भएको खेलमा पिएसजीले दोस्रो मिनेटमै इब्राहिम एमबायेको गोलमार्फत अग्रता लिएको थियो। तर युनाइटेडका ब्रायन एमबुमोले ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।दोस्रो हाफमा युरी टिलेमान्सले युनाइटेडबाट डेब्यु गरे। यद्यपि, मेसन माउन्ट र गोलरक्षक टम हिटन चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो। युरोपियन च्याम्पियन पिएसजीविरुद्धको प्रदर्शनबाट प्रशिक्षक माइकल क्यारिकले नयाँ सिजनअघि केही महत्वपूर्ण सकारात्मक संकेत पाएका छन्।

    images
    images

    प्रि सिजनमा एमबुमो युनाइटेडका प्रमुख खेलाडीका रूपमा देखिएका छन्। एट्लेटिको मड्रिडविरुद्ध २ गोल गरेका उनले पिएसजीविरुद्ध पनि गोल गरे। योसँगै उनले पछिल्ला ३ खेलमा ३ गोल गरिसकेका छन्। नयाँ सिजन सुरु हुनुअघि उनको फर्मले युनाइटेडलाई उत्साहित बनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend