काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकका अनुसार विगतका साधारण सभाबाट पारित भए पनि लामो समयदेखि धेरै सेयरधनीले लाभांश रकम लिएका छैनन्।
उक्त रकम लिनका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा आवश्यक कागजातसहित सम्पर्क गर्न आह्वान गरिएको छ। तोकिएको समयभित्र लाभांश नबुझेमा कानुनअनुसार उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ।




.gif)



