images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न...

७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तार आवश्यक : भट्ट

७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तार आवश्यक : भट्ट

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले विगतमा पनि नीतिगत सुधारसँगै लगानी विस्तार हुँदा नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको अनुभव सुनाउँदै अहिले सरकारले लिएको आर्थिक वृद्धि हासिल गर्नका लागि त्यस्तै काम गर्नु पर्ने बताएका हुन् । नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत हस्तक्षेप र लगानी विस्तार बिना आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्न नसकिने बताए । उनका अनुसार २०४१÷४२ सालमा सुरु भएको उदारीकरण तथा २०४८÷४९ सालमा गरिएका नीतिगत सुधारले नेपालको आर्थिक वृद्धिको आधार विस्तार गरेको थियो। त्यसैगरी, २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि लगानी बढ्दा लगातार तीन वर्ष करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको उनले बताए ।

    images
    images

    नेपालको वर्तमान आर्थिक वृद्धिको आधार मुख्यतः पुँजी र श्रमशक्तिमा सीमित रहेको भट्टको भनाइ छ । नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिब ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै उनले उत्पादकत्व वृद्धि गर्न प्रविधिको प्रयोग र कार्यसंस्कृतिमा सुधार आवश्यक रहेको बताए । हाल नेपालको फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २६ प्रतिशत रहेको भन्दै उनले यसलाई बढाएर ३० प्रतिशत पु¥याउन सके पुनः ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर हासिल गर्न सकिने तर्क गरे ।आर्थिक विकासका लागि डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए । प्रविधिको प्रयोगमार्फत उत्पादकत्व बढाउन सके आर्थिक वृद्धिको आधार थप फराकिलो बनाउन सकिने उनको भनाइ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend