सुर्खेत, २४ साउन । सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औंलेसेमा पहिरो हटाएलगत्तै सुर्खेत–दैलेख सीमा नजिकै पुनः पहिरो खसेको छ। पहिरोका कारण सडक प्रभावित भएपछि पन्छाउने काम भइरहेको जनाइएको छ।
सम्बन्धित निकायले सडकमा पहिरो खस्ने जोखिम कायमै रहेकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सुरक्षा सावधानी अपनाउन र सतर्कता साथ यात्रा गर्न आग्रह गरेको छ।




.gif)



