images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • पोखरामा ७० सवारी साधनको प्रदूषण जाँच,...

पोखरामा ७० सवारी साधनको प्रदूषण जाँच, १५ वटा मापदण्डविपरीत

पोखरामा ७० सवारी साधनको प्रदूषण जाँच, १५ वटा मापदण्डविपरीत

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • पोखरा । पोखराका नगर बसहरू नियमित मर्मत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको छ । गण्डकी सरकारले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि यस्ता सवारी साधन बढी भएका कारण पोखराको प्रदूषण बढेको निष्कर्ष निकालेको छ ।आइतबार यातायात व्यवस्था कार्यालय कास्कीले पोखराको न्यूरोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको छ । प्रदूषण परीक्षणमा क्रममा जाँच गरिएका सवारी साधनमध्ये १५ सवारी साधनले मापदण्ड भन्दा बढी धुवाँ उत्सर्जन गरेको भेटिएको छ ।

    images
    images

    ७० वटा सवारी साधनमा प्रदूषण परीक्षण गरिएको छ । परीक्षणमा असफल भएका सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएर मर्मत सम्भारका लागि पठाइएको कार्यालयले जनाएको छ ।इन्जिनियर सुमन शर्माका अनुसार, त्यस्ता सवारीहरू मर्मतपछि कागजपत्र फिर्ता दिइने छ ।  ‘सबैको कागजात नियन्त्रणमा छ । उनीहरूलाई मर्मत गर्न निर्देशन दिइएको छ,’ उनले भने– ‘मर्मत गरेर आएपछि पुनः जाँच गरेर कागजपत्र फिर्ता गर्नेछौँ ।’जेनजी आन्दोलनमा मेसिन जलेपछि प्रदूषण मापन रोकिएको थियो । केही समयअघि मात्रै मेसिन खरिद गरिएको छ । अहिले कार्यालयले नियमित मापन सुरु गरेको छ । लामो समयपछि प्रदूषण मापन भएकोले २ पटकका लागि कारबाही नगरिएको कार्यालय प्रमुख ढाका शर्माले बताए ।

    अबदेखि भने मापदण्ड फेल भए कारबाही प्रक्रिया अघि बढ्नेछ ।  ‘अहिलेसम्म हामी कारबाहीमा उत्रिएका छैनौँ । अबदेखि चाहिँ सूचना निकालेर जरिवाना सुरु हुने छ,’ उनले भने । मापदण्ड पालना नगरेका यस्ता सवारी साधनलाई २ हजारदेखि २० हजारसम्म जरिवाना तोक्ने अधिकार छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend