images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालिएको घटना,...

बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालिएको घटना, डा. शर्मामाथि अनुसन्धान जारी

बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालिएको घटना, डा. शर्मामाथि अनुसन्धान जारी

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा एक जना किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा.नुतन शर्मासँग बयान लिएको छ । असार १४ मा ग्वार्कोस्थित बिएण्डबी अस्पतालको आइभिएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोप छ । सो घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।शुक्रबार डा.शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरिएको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले  बताए ।

    images
    images

    किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । डा.शर्मामाथि अनुसन्धान जारी रहेको एसएसपी काकीले बताए । उनले भने– ‘सरकारी वकिल कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’यसअघि प्रहरीले लमजुङ घर भएर इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखिएको छ । डा.नुतन शर्मा वरिष्ठ स्त्रीरोग तथा टेष्टट्युब बेबी विशेषज्ञ हुन् ।

    डा.शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि अदालतसँग दुई पटक अनुमति मागेको थियो । तर, अदालतले अनुमति नदिएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतामेलाई पनि हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएको हो । किशोरीलाई ३० हजार रकम दिएर अण्डा निकालिएको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend