images

२०८३ आश्विन २४ गते

images
images
images

आज पोखरामा १० हजार ग्यास वितरण हुँदै

आज पोखरामा १० हजार ग्यास वितरण हुँदै

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • पोखरा । पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ ।जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिए ।

    images
    images

    गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिए ।सोमबारका लागि पनि गृहलक्ष्मीमा ४ वटा बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ । पोखराका पहिले जसरी किराना पसलहरूबाट नै उपभोक्तालाई ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि सहजता बढेको प्रशासनले जनाएको छ  ।

    पोखरामा साउन पहिलो सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको थियो । जसका कारण उपभोक्ता रित्तो सिलिन्डर बोकेर ग्यास डिपो अगाडि घण्टौँसम्म कुनुपर्ने बाध्यतामा छन् । प्रशासनले ग्यासको सहज आपूर्ति र कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र पारिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend