images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • ग्यास वितरणमा अनियमितता रोक्न रौतहटमा प्रशासनको...

ग्यास वितरणमा अनियमितता रोक्न रौतहटमा प्रशासनको छड्के अनुगमन

ग्यास वितरणमा अनियमितता रोक्न रौतहटमा प्रशासनको छड्के अनुगमन

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • रौतहट । ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न रौतहटमा ग्यास डिलर तथा विक्रेताका पसलमा आकस्मिक रूपमा अनुगमन गरिएको छ। गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको टोलीले चन्द्रनिगाहपुर क्षेत्रका ग्यास डिलर र पसलमा छड्के अनुगमन गरेको हो ।जिल्लाका १७ वटा ग्याँस डिलर तथा विक्रेताका पसलमा दुई वटा छुट्टाछुट्टै टोली परिचालन गरी अनुगमन गरिएको छ । भुसालका अनुसार गौर, गरुडा र चन्द्रनिगाहपुर लगायतका प्रमुख बजार क्षेत्रमा रहेका सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यास लगायतका डिलरमा अनुगमन गरिएको हो।

    images
    images

    शनिबार गरिएको अनुगमनका क्रममा अधिकांश ग्यास विक्रेताका स्टोरमा खाली सिलिन्डरको सङ्ख्या धेरै रहेको पाइएको छ। व्यवसायीहरूले उद्योगबाट पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसकेको र मागअनुसार ग्यास उपलब्ध नभएको अनुगमन टोलीलाई बताएका थिए।ग्यास प्राप्त भएपछि अधिकांश विक्रेताले प्रहरीको रोहबरमा उपभोक्तालाई पसल अगाडिबाटै वितरण गर्ने गरेको समेत अनुगमनका क्रममा पाइएको प्रशासनले जनाएको छ । त्यस्तै, ग्यास समयमा आपूर्ति नभएको तथा मागको तुलनामा कम परिमाणमा ग्यास आउने गरेको विषयमा समेत अनुगमन टोलीले व्यवसायीहरूसँग जानकारी लिएको थियो।

    पारदर्शी रूपमा वितरण गर्न निर्देशन

    images
    images

    अनुगमन टोलीले ग्यास आपूर्ति भएपछि उपभोक्तालाई पारदर्शी, व्यवस्थित र सहज रूपमा वितरण गर्न डिलर तथा विक्रेताहरूलाई निर्देशन दिएको छ। त्यस्तै, ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, उपभोक्तालाई अनावश्यक दुःख नदिन तथा आपूर्ति भएको ग्यास उचित तरिकाले वितरण गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ।अनुगमन टोलीमा सीडीओ भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी लगायत स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

    ग्यासको आपूर्ति, भण्डारण तथा वितरण प्रणालीमा निगरानी बढाउन प्रशासनले अब नियमितसँगै आकस्मिक अनुगमनलाई समेत निरन्तरता दिने योजना बनाएको छ।प्रशासनका अनुसार ग्यासको उपलब्धता, वितरणको अवस्था तथा उपभोक्ताको गुनासोलाई समेत आधार बनाएर जुनसुकै बेला छड्के अनुगमन गर्न सकिने गरी योजना तयार गरिएको छ। अनुगमनमा  प्रमुख जिल्ला अधिकारी भुसालसहित सुरक्षा निकायका प्रमुखसहितको टोली परिचालन गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend