images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन...

तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार प्रभावित

तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार प्रभावित

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ ।  नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको वैदेशिक व्यापार प्रभावित भएको छ । विभिन्न स्थानमा गएको पहिरोका कारण नाकातर्फको सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन् । नाका अवरुद्ध हुँदा तातोपानी हुँदै हुने नेपाल–चीन व्यापारसमेत ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार सडक अवरुद्ध भएकै कारण चीनतर्फबाट मालवाहक कन्टेनर आउन सकेका छैनन् । 

    images
    images

    सडक कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै टुंगो लागेको छैन । तातोपानी नाका लामो समयदेखि बन्द रहँदा चीनबाट आयात हुने वस्तुको आपूर्ति प्रभावित हुनुका साथै व्यापारिक गतिविधिमा समेत असर परेको छ । सडक सञ्चालनमा नआएसम्म नाकाबाट हुने नियमित आयात–निर्यात सुचारु हुन नसक्ने अवस्था रहेको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend