images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा...

दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग

दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौँ, २३ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया माग गरेको छ ।

    images
    images

    राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो । उक्त सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।

    मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ।

    images
    images

    सुझाव तथा प्रतिक्रिया मन्त्रालयको info@mowcgss.gov.np, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री बादी तथा सचिवालयको इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त हुने रायसुझाव तथा प्रतिक्रियालाई आवश्यकता अनुसार अध्ययन गरी सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend