images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • कर्णाली डेभलपमेन्ट बैंक कर्जा अपचलन प्रकरणमा...

कर्णाली डेभलपमेन्ट बैंक कर्जा अपचलन प्रकरणमा पूर्वसीईओसहित तीन पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक कर्जा अपचलन प्रकरणमा पूर्वसीईओसहित तीन पक्राउ

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको कर्जा अपचलन गरेको आरोपमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा तत्कालीन सीईओ शाहकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको छ ।

    images
    images

    प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कर्णाली विकास बैंक केही महिनायता वित्तीय अनियमितता, जोखिमपूर्ण कर्जा प्रवाह, नक्कली धितोका आधारमा कर्जा वितरण तथा बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाइएको आरोपका कारण विवादमा तानिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend