images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोग बन्द...

विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया सुरु

विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोग बन्द गर्ने प्रक्रिया सुरु

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । सरकारले विदेशस्थित पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको हो।मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासका साथै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताए। प्रवक्ता क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ।

    images
    images

    ‘सरकारले ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास तथा सान फ्रान्सिस्को र छेन्दुस्थित नेपाली महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ,’ प्रवक्ता क्षेत्रीले भने।उनले नियोग बन्द गर्नुअघि सम्बन्धित क्षेत्रमा रहेका नेपाली नागरिक, अन्य सेवाग्राही तथा समवर्ती मान्यता प्राप्त मुलुकहरूलाई प्रभावकारी र भरपर्दो सेवा उपलब्ध हुने वैकल्पिक व्यवस्था सुनिश्चित गर्ने कार्य भइरहेको जानकारी दिए। ‘नियोगको संख्या घटाउने वा बढाउने विषय सरकारको अल्पकालीन व्यवस्थापनसँग सम्बन्धित हो,’ उनले थपे, ‘भविष्यमा सरकारको आर्थिक क्षमता विस्तार हुँदै जाँदा आवश्यकता र सम्भावना अनुसार कूटनीतिक उपस्थिति पनि विस्तार हुँदै जानेछ।’सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको मन्त्रालयको दाबी छ। प्रवक्ता क्षेत्रीले मुलुकको आर्थिक क्षमता वृद्धि हुँदै गएपछि आगामी दिनमा आवश्यकता अनुसार कूटनीतिक उपस्थिति पुनः विस्तार गरिने स्पष्ट पारे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend