images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • विश्व बजारमा खाद्यान्नको मूल्य तीन वर्षयताकै...

विश्व बजारमा खाद्यान्नको मूल्य तीन वर्षयताकै उच्च

विश्व बजारमा खाद्यान्नको मूल्य तीन वर्षयताकै उच्च

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । प्रतिकूल मौसम र खाडी तथा ब्ल्याक सी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा तीन वर्षयताकै उच्चस्तरमा पुगेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ ।एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत १३१.१ अंक पुगेको छ । यो जुनको १३०.३ अंकभन्दा ०.७ अंक अर्थात् ०.६ प्रतिशत बढी हो । यो जनवरी २०२३ यताकै उच्च स्तर पनि हो । अघिल्लो वर्षको जुलाईको तुलनामा पनि सूचकांक १ प्रतिशतले बढेको देखिन्छ ।मूल्य वृद्धिको प्रमुख कारण अन्नको मूल्यमा भएको वृद्धि हो । एफएओको अन्न मूल्य सूचकांक जुलाईमा मासिक स्तरमा ३.४ प्रतिशत बढेको छ । यसमा गहुँको मूल्यमा आएको ५.८ प्रतिशत वृद्धि मुख्य कारक बनेको छ ।

    images
    images

    ब्ल्याक सी क्षेत्रबाट हुने निर्यातमा सम्भावित अवरोध र प्रमुख उत्पादन क्षेत्रमा अत्यधिक गर्मीका कारण बालीमा क्षति पुग्ने चिन्ताले गहुँको मूल्य बढाएको पनि एफएओले जनाएको छ । खाडी क्षेत्रमा जारी युद्धले ऊर्जा तथा कृषि उत्पादनको लागतमा समेत थप दबाब सिर्जना गरेको छ ।यसैगरी, वनस्पतिजन्य खाद्य तेलको मूल्य सूचकांक २ प्रतिशत बढेर जुन २०२२ यताकै उच्च भएको छ । इरानसँग सम्बन्धित युद्धमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्य बढ्नु तथा जैविक डिजेलको बलियो मागले पाम र सोयाबिन तेलको मूल्य समेत बढाएको छ । यसको विपरीत तोरी र सूर्यमुखी तेलको मूल्य भने घटेको छ ।चिनीको मूल्य पनि जुलाईमा ५.६ प्रतिशत बढेको छ । युरोप र एसियामा प्रतिकूल मौसमको चिन्ता तथा ब्राजिलमा इथानोलको माग बढ्ने अपेक्षाले चिनीको बजार प्रभावित भएको हो ।

    तर सबै खाद्य वस्तुको मूल्य भने बढेको छैन । मासुको मूल्य जुनको कीर्तिमानी स्तरबाट जुलाईमा २.८ प्रतिशत घटेको एफएओले जनाएको छ । कुखुरा, सुँगुर र गाईको मासुको मूल्य घटे पनि ओसिनिया क्षेत्रमा निर्यातका लागि आपूर्ति कम हुँदा भेडाको मासुको मूल्य भने नयाँ कीर्तिमानी स्तरमा पुगेको छ । दुग्धजन्य पदार्थको मूल्य ०.७ प्रतिशत घटेको छ ।यद्यपि जुलाईको खाद्य मूल्य सूचकांक सन् २०२६ अप्रिलमा कायम भएको तीन वर्षयताकै उच्च स्तरभन्दा केही माथि पुगेको छ, यो अझै मार्च २०२२ को कीर्तिमानी उच्च स्तरभन्दा १८.२ प्रतिशत कम छ ।एफएओले यसअघि नै इरान र युक्रेनमा जारी युद्ध तथा तीव्र एल निनो प्रभाव एकैसाथ देखिँदा विश्वले खाद्य मुद्रास्फीतिको अर्को चरण सामना गर्न सक्ने चेतावनी दिएको थियो । युद्धका कारण इन्धन, मल तथा ढुवानी लागत बढ्नु र चरम मौसमका कारण उत्पादन घट्नुले आगामी महिनाहरूमा खाद्ययान्नको मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend