images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • खुला सीमाका कारण ५२६ रोहिङ्ग्या नेपाल...

खुला सीमाका कारण ५२६ रोहिङ्ग्या नेपाल प्रवेश, निगरानीमा चुनौती

खुला सीमाका कारण ५२६ रोहिङ्ग्या नेपाल प्रवेश, निगरानीमा चुनौती

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानीको अभावका कारण पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ५२६ जना रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिए।प्रहरीका अनुसार नेपालमा रहेका रोहिङ्ग्यामध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौंको कपन, लसुनटार र राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठीमा बसोबास गर्दै आएका छन्। प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले खुला सीमा र आधुनिक निगरानी प्रणालीको अभावका कारण यस्ता व्यक्तिको पहिचान तथा निगरानीमा चुनौती देखिएको बताए।

    images
    images

    “खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएका व्यक्तिको पहिचान गर्न कठिन भएको छ,” उनले भने, “विदेशी नागरिकको अवैध प्रवेश रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।” प्रहरीले सीमा क्षेत्रमा खटिएका इकाइलाई अवैध प्रवेश रोक्न आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।यसैबीच, मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि देशभरका प्रहरी इकाइलाई उच्च सतर्कतामा राखिएको पनि प्रहरीले जनाएको छ। केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्मका प्रहरी युनिटलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ।काफ्लेका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि करिब १० हजार प्रहरी ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ। केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म तथा इलाका प्रहरी कार्यालयसम्म विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेका छन्।

    यस्तै, विपद्का कारण प्रभावित हुने सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।प्रहरी सङ्गठनको वित्तीय अनुशासनबारे बोल्दै काफ्लेले बेरुजु व्यवस्थापनमा उल्लेखनीय सुधार भएको दाबी गरे। “हामीसँग खासै बेरुजु भएको अवस्था छैन,” उनले भने।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend