काठमाडौँ, २२ साउन । प्रहरीले ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध रूपमा बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी विभिन्न स्थानमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पेट्रोलियम पदार्थको चोरी, अवैध कारोबार तथा आपूर्ति प्रणालीमा हुने अनियमितता नियन्त्रणका लागि निगरानीलाई थप कडा बनाइएको पनि जनाएको छ।




.gif)





