images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड...

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • दाङ, २२ साउन । भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२।८३ मा रु ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु २२ करोड २६ लाख ९१ हजार सङ्कलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिएका छन् ।

    images
    images

    उनका अनुसार उक्त कार्यालयले आव २०८१।८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु २५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकरबाट रु १० करोड ४४ लाख ८२ हजार राजस्व सङ्कलन गरेको थियो।

     आव २०८०।८१ मा रु १८ करोड ५९ लाख ६६ हजार रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु पाँच करोड ३१ लाख ५१ हजार र पुँजीगत लाभकरबाट सङ्कलन गरेको छ । 

    images
    images

    गत भदौमा जेनजी आन्दोलनका क्रममा कार्यालयको भवन तथा कागजात जलेर पूर्ण रूपमा नष्ट भए पनि कार्यालयको सेवा प्रवाह नरोकिएकाले आव २०८२।८३ मा राजस्व सङ्कलनमा सफल भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरेका छन् ।

    उनले भने, “केही कागजातमात्र सुरक्षित थिए, जनतालाई कठिनाइका साथ सेवा दिएका छौँ । अहिले राजस्व पनि राम्रो सङ्कलन भएको छ ।” सो कार्यालय अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकाका नागरिकले भूमिसम्बन्धी सेवा लिने गर्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend