images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकको कुल सम्पत्ति ६५...

महालक्ष्मी विकास बैंकको कुल सम्पत्ति ६५ अर्ब नाघ्यो, नाफा पनि उल्लेख्य बढ्यो

महालक्ष्मी विकास बैंकको कुल सम्पत्ति ६५ अर्ब नाघ्यो, नाफा पनि उल्लेख्य बढ्यो

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ४८ प्रतिशतको वृद्धि भएको हो ।विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ४८.४० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ४२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको ६१ करोड १४ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ५३.४१ प्रतिशतले वृद्धि भई ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जबापत ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५१ करोड ७३ लाख रुपैयाँ थियो ।असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सञ्चित नाफाबाट बोनस सेयर र नगद लाभांश भुक्तानी समायोजन गरेपछि गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १० रुपैयाँ ३१ पैसा रहेको छ ।

    बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ४६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकले ग्राहकहरूबाट ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई ४३ खर्ब ३४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ६५ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४२ पैसा रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend