images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे...

हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी

हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • मकवानपुर। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन्। मङ्गलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।

    images
    images

    उनको शपथ अपराह्न ४ बजे हुनेछ । उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ ग्रहण गराउने छन्।प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेललाई राजीनामा गराएर मुख्यमन्त्री बानियाँले बज्राचार्यलाई नियुक्त गरेका हुन्। पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम राजीनामा दिएकी थिइन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend