images

२०८३ कार्तिक ४ गते

images
images
images

सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजारमा झिनो अंकको गिरावट

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं ।  तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ . ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो ।

    images
    images

    आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार खासै घटबढ नभएको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज तीन सय दुई वटा कम्पनीका ९७ लाख १३ हजार कित्ता शेयर चार अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend