images

२०८३ आश्विन २५ गते

images
images
images

विराटनगरमा ६ वटा सहकारीको दर्ता खारेज

विराटनगरमा ६ वटा सहकारीको दर्ता खारेज

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका ६ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ। महानगरपालिकाको सहकारी शाखाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विगत ५ वर्षभन्दा बढी समयदेखि कुनै पनि आर्थिक प्रतिवेदन नबुझाउने र सम्पर्कमा समेत नआउने ती सहकारीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको हो।महानगरपालिकाको साउन १८ गतेको निर्णयानुसार विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८० सहित) को दफा ६७ को उपदफा (३) बमोजिम ती संस्थाहरूलाई खारेजीको सूचीमा राखिएको हो। महानगरका अनुसार खारेजीमा पर्ने सहकारीहरूमा विराटनगर–१४ को जुनतारा बचत तथा ऋण सहकारी संस्था, वडा नं. १० को प्राइम बचत तथा ऋण सहकारी, वडा नं. ७ को रारा बचत तथा ऋण सहकारी र वडा नं. १३ को नक्षत्र बचत तथा ऋण सहकारी रहेका छन्। यसैगरी विराटनगर–२ मा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी र वडा नं. ९ को गुडविल बचत तथा ऋण सहकारी संस्थाको पनि दर्ता खारेज गरिएको छ।

    images
    images

    सहकारी ऐनको प्रावधान अनुसार प्रत्येक सहकारीले प्रत्येक वर्षको चौमासिक र वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको विवरण, शेयर पुँजी र ऋण लगानीको अवस्था लगायतका विवरणहरू तोकिएको समयभित्र नियमनकारी निकायमा बुझाउनुपर्ने हुन्छ। तर यी संस्थाहरूले ऐनको दफा ५२ बमोजिमको कानूनी दायित्व पूरा नगरी अटेर गरेको महानगरको ठहर छ।दर्ता खारेजीको अन्तिम निर्णय लिनुअघि महानगरपालिकाले विभिन्न चरणमा प्रक्रियाहरू पूरा गरेको थियो। जसअन्तर्गत २०८२ चैत २७ गते २० वटा निष्क्रिय सहकारीको सूची सार्वजनिक गरिएको थियो भने २०८३ वैशाख १६ र असार २७ गते सूचना प्रकाशित गरी सम्बन्धित संस्थाहरूलाई सम्पर्कमा आउन र सुनुवाइको मौका प्रदान गरिएको थियो।तर पटक–पटकको सूचनालाई समेत बेवास्ता गरी ती संस्थाहरू सम्पर्कविहीन भएपछि महानगरले दर्ता नै रद्द गरिदिएको हो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend