images

२०८३ आश्विन २५ गते

images
images
images

धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरतपक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो ।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा आज सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको हो ।गत साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा लागू गरिएको थियो ।

    images
    images

    पछिल्लो समय आन्दोलनरत पक्ष र सरकारबिच भएको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बजार, यातायात र सर्वसाधारणको दैनिक गतिविधि पनि क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन् ।यस्तै, धनुषासँग जोडिएका नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ । सुरक्षा निकायले परिचयपत्रका आधारमा अभिलेख राख्दै मात्र प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend