images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • संसददेखि स्वादसम्म मेलबर्नमा नेपाली संस्कृति र...

संसददेखि स्वादसम्म मेलबर्नमा नेपाली संस्कृति र विश्व पाक–परम्पराको भव्य प्रस्तुति

संसददेखि स्वादसम्म मेलबर्नमा नेपाली संस्कृति र विश्व पाक–परम्पराको भव्य प्रस्तुति

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • मेलबर्न, अष्ट्रेलिया । बहुसांस्कृतिक अष्ट्रेलियामा समावेशिता र सामाजिक एकता प्रवर्द्धनका लागि CALD Community Voices ले आज मेलबर्नको भिक्टोरिया संसद भवनमा एक विशिष्ट कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रममा ‘Regional Multicultural Heroes’ वृत्तचित्रको प्रदर्शन गरी विभिन्न समुदायका व्यक्तिहरूका संघर्ष, धैर्य, आशा र सफलताको प्रेरणादायी कथा सुनाइयो।

    images
    images

    कार्यक्रममा युद्ध, विस्थापन र आप्रवासनका कठिन यात्रापछि अष्ट्रेलियामा नयाँ जीवन स्थापना गर्न सफल भएका शरणार्थी र आप्रवासीहरूको जीवन कथा प्रस्तुत गरियो। यी कथा प्रेरणादायक र सकारात्मक शक्ति प्रदान गर्ने थिए। कार्यक्रमले नेपाल, भारत, पाकिस्तान, चीन लगायतका देशका प्रतिनिधिहरूको सहभागिता देखाउँदै विभिन्न सांस्कृतिक समुदायबीच आपसी सम्मान, संवाद र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्य बोकेको थियो। यसले बहुसांस्कृतिक अष्ट्रेलियाको मूल भावना र विविधता भित्रको एकता झल्काउँछ।
     
    कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली परिकार मोमो थियो, जुन नेपाली खानाको विश्वव्यापी लोकप्रियता र सांस्कृतिक पहिचानको प्रमाणस्वरूप थियो। म:मो: केवल स्वादको विषय नभई, यो इतिहास, संस्कृति र सभ्यताको अभिव्यक्ति हो भन्ने सन्देश पनि यस कार्यक्रमले दिएको थियो। नेपाली परिकारलाई विश्वभर परिचित गराउने यस प्रयासले नेपाली सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण गर्न मद्दत गर्दछ।

    यसै अवसरमा हाम्रा अष्ट्रेलिया संवाददाता तथा नेपाली लेखक शिव न्यौपानेद्वारा प्रकाशित नेपालको पहिलो विश्व खाद्य परम्परामा आधारित “Falang Food Dictionary” नामक शब्दकोश पनि औपचारिक रूपमा अतिथिहरूको माझ प्रस्तुत गरियो। यस पुस्तकले विश्वका विविध खाद्य संस्कृतिलाई नेपाली भाषासँग जोड्ने काम गर्छ। यसले नेपाली खानाको नामावली, परिकार र पाकशब्दावलीलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र नेपालको खाद्य सम्पदा र सांस्कृतिक पहिचानलाई बलियो बनाउने उद्देश्य राख्दछ। यस खाद्यशब्दकोशले नेपाली परिकारको संरक्षण र विश्वको बहुसांस्कृतिक खाद्य सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। 

    images
    images

    यस कार्यक्रमले संघर्षका कथा, नेपाली स्वाद, विश्वको पाक–संस्कृति र बहुसांस्कृतिक सहअस्तित्वलाई एउटै मञ्चमा ल्याउँदै सम्मान, संवाद र साझा मानव मूल्यहरूको प्रवाह गर्‍यो। यसले विविधता र सहअस्तित्वका महत्वलाई पुनः स्थापित गर्दै मानवता र सांस्कृतिक समृद्धिको संदेश दिए। यसले नेपाली र विश्व समुदायलाई एकअर्कासँग जोड्ने एक सेतुको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend