images

२०८३ आश्विन १५ गते

images
images
images

सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत

सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । सरकारले सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ प्रदूषण मापदण्ड स्वीकृत गरेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने निर्णय गरेको हो ।नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ९१ औँ दिनदेखि पूर्ण रूपमा लागू हुने यो मापदण्डले पुराना र नयाँ सवारी साधनका लागि छुट्टाछुट्टै उत्सर्जन सीमा तोकेको छ ।

    images
    images

    नयाँ व्यवस्था अनुसार डिजेलबाहेकका (पेट्रोल तथा ग्यासबाट चल्ने) सवारी साधनको हकमा देशभर यो मापदण्ड लागू हुनेछ । डिजेलबाट चल्ने सवारी साधनको हकमा भने काठमाडौँ उपत्यकासहित देशका सबै महानगरपालिका र उपमहानगरपालिकाहरूमा अनिवार्य गरिएको छ ।मन्त्रालयका अनुसार निर्माण कार्यमा प्रयोग हुने हेभी उपकरणहरू जस्तै ट्याक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर र एक्सक्याभेटरलाई यो मापदण्ड लागू हुने छैन । साथै, रक्षा मन्त्रालयको सिफारिसमा आयात गरिएका सैनिक प्रयोजनका विशेष सवारी साधनहरूलाई पनि नयाँ व्यवस्थाबाट छुट दिइएको छ ।

    • दर्ता वर्षका आधारमा प्रदूषणको सीमा

    सवारी साधनको उमेर र प्रविधिलाई ध्यानमा राख्दै मन्त्रालयले दर्ता मितिका आधारमा सवारी साधनलाई चार वर्गमा विभाजन गरी प्रदूषणको सीमा तोकेको छ ।वि.सं. २०५६ भन्दा अघि दर्ता भएका सवारीमा  पेट्रोल/ग्यासबाट चल्ने दुई तथा तीन पाङ्ग्रे सवारीका लागि कार्बन मोनोअक्साइड अधिकतम ४.५ प्रतिशत र हाइड्रोकार्बन  ७,८०० पीपीएम तोकिएको छ । चार पाङ्ग्रे्रेको हकमा कार्बन मोनोअक्साइड ३.५ प्रतिशत र हाइड्रोकार्बन १,००० पीपी एम कायम गरिएको छ । डिजेल सवारीको धुवाँको आपदर्शिता (स्मोक ओपासिटी) अधिकतम ६५ प्रतिशत हुनुपर्नेछ ।वि.सं. २०५६ देखि २०६९ सम्म दर्ता भएका सवारीको हकमा दुई तथा तीन पाङ्ग्रे्रेका लागि कार्बन मोनोअक्साइड ३.५ प्रतिशत र हाइड्रोकार्बन ४,५०० पीपीएम तथा चार पाङ्ग्रे्रेका लागि कार्बन मोनोअक्साइड ३.० प्रतिशत र हाइड्रोकार्बन १,००० पीपीएम तोकिएको छ । डिजेल सवारीको हकमा स्मोक ओपासिटी ६५ प्रतिशत नै रहनेछ ।

    images
    images

    वि.सं. २०६९ देखि २०८२ सम्म दर्ता भएका सवारीमा दुई पाङ्ग्रेमा कार्बन मोनोअक्साइड ३.० प्रतिशत, तीन पाङ्ग्रेमा ३.५ प्रतिशत र चार पाङ्ग्रे वा सोभन्दा माथिका सवारीमा co को सीमा घटाएर ०.५ प्रतिशत कायम गरिएको छ ।वि.सं. २०८२ भन्दा पछाडि दर्ता हुने नयाँ सवारीका हकमा भने व्यापक कडाइ गरिएको छ । पेट्रोल/ग्यासका दुई तथा तीन पाङ्ग्रेका लागि कार्बन मोनोअक्साइड ०.५ प्रतिशत र hc ५०० पीपीएम तथा चार पाङ्ग्रेका लागि कार्बन मोनोअक्साइड ०.३ प्रतिशत र हाइड्रोकार्बन २०० पीपीएम मात्र तोकिएको छ । 

    प्रयोगमा रहेका सवारी साधनहरुबाट उत्सर्जन हुने प्रदूषणको सिमा सम्बन्धी मापदण्ड, २०८३ (2)_zn4giab_page-0001प्रयोगमा रहेका सवारी साधनहरुबाट उत्सर्जन हुने प्रदूषणको सिमा सम्बन्धी मापदण्ड, २०८३ (2)_zn4giab_page-0002प्रयोगमा रहेका सवारी साधनहरुबाट उत्सर्जन हुने प्रदूषणको सिमा सम्बन्धी मापदण्ड, २०८३ (2)_zn4giab_page-0003प्रयोगमा रहेका सवारी साधनहरुबाट उत्सर्जन हुने प्रदूषणको सिमा सम्बन्धी मापदण्ड, २०८३ (2)_zn4giab_page-0004

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend