images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकको...

खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी

खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत आयोजना निर्माणका लागि एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।आयोजना प्रवर्द्धक वन्डर्स इन्जिनियरिङ प्रा.लि. र एनएमबी बैंकबीच ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एनएमबी बैंकका तर्फबाट बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।कम्पनीले दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ भएर बग्ने खिम्ती–घ्वाङ खोलामा आयोजना निर्माण गरिरहेको छ। आयोजना सन् २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।

    images
    images

    आयोजना निर्माणका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटान अनुमति गत वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्राप्त भएको छ। आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, निर्माणका लागि विद्युत् जडान, पहुँचमार्ग निर्माण, गोदाम घर तथा आवास गृह निर्माणलगायतका काम सम्पन्न भइसकेका छन्।कम्पनीका अनुसार सिभिल, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको छ। हालसम्म आयोजनाको करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।आयोजना निर्माणका लागि कुल करिब १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। त्यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग सम्झौता भएको हो। बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र थप ३० करोड रुपैयाँ असोजभित्र जुटाउने तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र दुलालले बताए।

    उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना वातावरणीय तथा सामाजिक मापदण्ड पूरा गर्दै अघि बढाइएको छ। नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामध्ये 'हाइड्रो सेलेक्ट टुल्स फ्लो' लगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी निर्माण गरिने यो पहिलो आयोजना हुने दाबी कम्पनीले गरेको छ।कम्पनीले वातावरणीय प्रभाव न्यून गर्ने, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा दिगो विकासको अवधारणाअनुसार आयोजना निर्माण भइरहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend