images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोला नजिकै खसेको सुख्खा पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ ।सडक डिभिजन भरतपुरका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजे मुग्लिन नजिकै रहेको खहरे खोलामा सुख्खा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।पहिरो खसेलगत्तै खटिएको सडक डिभिजनको टोली र मेसिनको प्रयोग गरी दिउँसो ४ः०० बजे पहिरो पन्छाएर यातायात पुनः सुचारु गराइएको हो ।

    images
    images

    सडक खुलाइए तापनि सवारीको सुरक्षा र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन भरतपुरले सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।सडक डिभिजनले सम्पूर्ण चालकहरूलाई अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी साधन चलाउन र जथाभावी ओभरटेक  नगर्न आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend