images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख भ्रष्टाचार,...

एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख भ्रष्टाचार, अदालतमा मुद्दा दायर

एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख भ्रष्टाचार, अदालतमा मुद्दा दायर

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवमाथि एम्बुलेन्स दुरुपयोग गरी १५ लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भारत सरकारको सहयोगमा निःशुल्क उपलब्ध भएको उक्त एम्बुलेन्सलाई वडाको जिन्सी खातामा नचढाई उहाँले आफ्नै नियन्त्रणमा सञ्चालन गर्नुभएको थियो।साथै, एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानी, खर्च र लगबुकसमेत स्थानीय तहमा बुझाउनुको सट्टा त्यसलाई निजी सवारीसाधनजस्तै प्रयोग गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

    images
    images

    अनुसन्धानका क्रममा पूर्व वडाध्यक्ष यादवले एम्बुलेन्सलाई तीन वर्ष पाँच महिनासम्म सञ्चालन गर्दै ३० हजार १८५ किलोमिटर गुडाएको देखिएको छ । तर कति सेवा निःशुल्क दिइयो, कति सेवामा शुल्क उठाइयो र इन्धन खर्च कति भयो भन्ने पुष्टि हुने कुनै अभिलेख नराखिएको आयोगले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी धनुषाले सार्वजनिक गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हिनामिना तथा हानिनोक्सानी भएको अख्तियारले निष्कर्ष निकालेको हो  

    अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले पूर्व वडाध्यक्ष यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिएकाले उक्त रकम कटाएर बाँकी रहने ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्नसमेत आयोगले विशेष अदालतसँग माग गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend