images

२०८३ आश्विन २७ गते

images
images
images

लघुबित्त पीडितले थाले माइतीघरमा सामुहिक अनसन

लघुबित्त पीडितले थाले माइतीघरमा सामुहिक अनसन

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं।  वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले काठमाडौंमा सामुहिक अनसन सुरु गरेका छन् । देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले लघुवित्त तथा बित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका हुन् ।

    images
    images

    लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नु परेको रौतहटबाट आएकी शिलम यादवले बताइन् । पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौंमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend