images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • दलित तथा विपन्नका लागि ३६ हजारभन्दा...

दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण

दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत हालसम्म दलित, विपन्न मुसलमान तथा सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास (घर) निर्माण सम्पन्न भएको छ ।शहरी विकास तथा  भवन निर्माण विभागकाअनुसार राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

    images
    images

    कार्यक्रमअन्तर्गत कुल ५५ हजार ९७० आवास सङ्ख्या स्वीकृत भएकोमा संघीय सरकारमार्फत आर्थिक वर्ष २०७४/७५ सम्म १७ हजार ३९ वटा घर निर्माण सम्पन्न भएका थिए । जसअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा प्रदेश सरकारहरूबाट थप १९ हजार २८६ आवासको निर्माण कार्य सम्पन्न भइसकेको थियो ।हालसम्म ३८ हजार ९३१ आवासको वित्तीय हस्तान्तरण प्रदेश तहमा गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend