images

२०८३ आश्विन १९ गते

images
images
images

सोमबार भगवान शिवको विशेष दिन,के छ धार्मिक विश्वास ?

सोमबार भगवान शिवको विशेष दिन,के छ धार्मिक विश्वास ?

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौंः आज २०८१ साल कात्तिक १९ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ४ तारिख। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजा आजा गरिन्छ।

    images
    images

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend