images

२०८३ आश्विन २० गते

images
images
images

थालियो छठको तयारी

थालियो छठको तयारी

images
images
आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिए सँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ ।पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ। गुह्येश्वरीबाट गौरीघाट सम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ। 

    images
    images

    तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउने लगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि रु एक हजार एक सय समितिले शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो । विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु ६ लाख सहयोग गर्ने गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ ।

    यसैगरी कमलपोखरी, नागपोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदा देखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाट भित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदा देखि नै लसुन, प्याज लगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ । 

    images
    images

    कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउ लगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । 

    भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्री सँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको छ । पछिल्लो समय काठमाडौँ लगायत पहाडी जिल्लामा समेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend