images

२०८३ आश्विन १६ गते

images
images
images

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

images
images
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३
  • भद्रपुर (झापा), ९ साउन । बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images

    शुक्रबार राति करिब ११ः०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन् । खानतलासीका क्रममा उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend